Preamble of Dowry Abolition Program - दहेज प्रथा उन्मुलन कार्यक्रमको प्रस्तावना -पत्र

Image
  Namaste Kisan Nepal YouTube channel     Subscribe औरही नगरपालिका  नगर कार्य पालिकाको कार्यालय औरही ,महोत्तरी मधेश प्रदेश "दहेज प्रथा उन्मुलन कार्यक्रम"को  (Dowry Abolition Programme) प्रस्तावना -पत्र (Proposal - Letter) १    कार्यक्रमको पृष्ठभुमी (Back Ground of the Programme):- महोत्तरी जिल्ला नेपाल राज्यको मधेश प्रदेश मा पर्छ।यो जिल्लाको पूर्वमा धनुषा,उत्तरमा सिन्धुली,पश्चिचममा सर्लाही र दक्षिणमा भारतको विहार राज्यको मधुवनी र सितामढी जिल्ला पर्छ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर देखि उत्तर र पश्चिचमा औरही नगरपालिका पर्छ। यो नगरपालिकामा बसोबास गर्ने जातिहरूमा दलित समूहमा पर्ने जातिहरु,जनजाति समूहमा पर्ने जातिहरू र अन्यमा पर्ने जातिहरूको बसोबास रहेका छन्।यो नगरपालिकामा बसोबास गर्ने सम्पन्न र धनाढय व्यक्तिहरू गाउँ छाडेर सुविधा सम्पन्न शहरहरूमा बसोबास गर्छन।यो नगरपालिकामा बसोबास गर्ने मानिसहरू प्रायःअशिक्षित,बेरोजगार र सिप विहिन जीवन बिताउँछन्। यो नगरपालिकामा बसोबास गर्ने मानिसहरू मध्ये ७०% कृषि पेशामा संलग्न रहेको देखिन्छन्।उनीहरू समयमा कृषि प्राविधिक बाट सल्लाह लिदैन।उनीहर

Preface - Letter of candlesticks, incense and papad-making skills.

Preface - Letter of candlesticks, incense and papad-making skills.

 (मैनबत्ती ,अगरबत्ती र पापड बनाउने सिपमुलक तालिमको प्रस्तावना - पत्र ।)



गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
पिपरा,महोत्तरी
प्रदेश नं.-२
आय आर्जन अन्तर्गत मैनबत्ती,अगरबत्ती र पापड बनाउने सिपमुलक तालिमको
प्रस्तावना - पत्र
(Proposal - Letter)
 कार्यक्रमको पृष्ठभुमी (Back ground of the Programme):-  
महोत्तरी जिल्ला नेपाल राज्यको प्रदेश नं.-२ मा पर्छ।यो जिल्ला पुर्वमा धनुषा,उत्तरमा सिन्धुली,पश्चिममा सर्लाही र दक्षिणमा भारत विहार राज्यको मधुवनी र सितामढी जिल्ला पर्छ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर देखि उत्तरमा पिपरा गाँउपालिका पर्छ। यो गाँउपालिकामा बसोबास गर्ने जातिहरूमा दलित समुहमा पर्ने जातिहरू,जनजाति समुहमा पर्ने जातिहरू मुस्लिम समुहमा पर्ने जातिहरू र अन्य समुहमा पर्ने जातिहरूको बसोबास रहेका छन्। यो गाँउपालिकामा बसोबास गर्ने सम्पन्न र धनाद्धय व्यक्तिहरू (Wealthy and Prosperity Persons) नगर छाडेर सुविधा सम्पन्न शहरहरूमा बसोबास गर्छन। यो गाँउपालिकामा बसोबास गर्ने मानिसहरू प्रायःमध्यम र विपन्न वर्गका मानिसहरू मध्ये अशिक्षित,गरीब,बेरोजगार र सिप विहिन जीवन जिउने गर्छन। यो गाँउ पालिकामा ग्रामिण क्षेत्रमा बसोबास गर्ने मानिसहरू मध्ये ७०% कृषि पेशामा (Husbandry Profession) मा संलग्न गरेको देखिन्छन। उनीहरू समयमा कृषि प्राविधिकबाट प्राविधिक सल्लाह लिदैन जसले गर्दा कृषि उत्पादन न्यून देखिन्छन। उनीहरुको सामाजिक (Social),आर्थिक (Economic) र सांस्कृति (Culture) को विकास भएको छैन। उनीहरू आधुनिकताको प्रभावबाट टाढा छन्। उनीहरू अशिक्षित र आर्थिक विपन्नताको कारणले गर्दा युवाहरू वैदेशिक रोजगारीको लागि खाडी मुलुक (Gulf Country) को देशहरूमा रोजगारीको लागि पलायन (Drained Of Employment) भएका छन ।
        यो गाँउपालिकामा विकासका पुर्वाधारहरू(Infrastructures Of Development) को विकास भएका छैन। यो गाँउपालिकामा बसोबास गर्ने दलित र गरीब समुदायको व्यक्तिहरूलाई लक्ष्ति समुहमा राखेर आय आर्जन अन्तर्गत " मैनबत्ती,अगरबत्ती र पापड" बनाउने सिपमुलक तालिम दिएर युवा र युवतीहरूलाई सिपमुलक शिक्षाको माध्यमबाट स्वरोजगारी (Self - employment) बनाउन सकिन्छ। वर्तमान आय आर्जन अन्तर्गत "मैनबत्ती,अगरबत्ती र पापड" बनाउने तालिम लिई सकेपछि उनीहरू रोजगारीको अवसर सृजना गर्ने छन साथै आय स्रोतमा वृद्धि हुनेछन। पिपरा गाँउपालिकाको ग्रामिण क्षेत्रमा बसोबास गर्ने धेरै संख्यामा युवा र युवतीहरू काम नजानेर वा काम नपाएर बेरोजगारी जीवन (Unemployment Life) जीउने गर्छन। उनीहरूलाई लक्ष्ति समुह (Target group) मा राखेर स्व- रोजगारी (Self employment) सृजना गर्ने तालिम अन्तर्गत मैनबत्ती अगरबत्ती र पापड बनाउने तालिम दिइएर उनीहरूको जीवनशैली (Life Style) मा परिवर्तन गर्न सकिन्छ। उनीहरूलाई सिपमुलक दक्ष प्रशिक्षक (Skill Based Trainer) बाट सिपमा आधारित प्रशिक्षण दिएर स्व-रोजगारी गर्न सकिन्छ। सिप मुलक प्रशिक्षण जीवन जीउने आधारमुलक तालिम हो । यो तालिम प्राप्त गरेपछि युवा र युवतीहरू स्व-रोजगारी सृजना गरेर जीवन निर्वाह गर्नेमा विश्वास गरेका छन्। 

वर्तमान दृष्टिकोणले सुगम र सम्पन्न ठाउँ भएको हुनाले धेरैजना मानिसहरू एकै अनुसारको व्यवसाय गरेमा व्यवसाय फस्टाउन सकिदैन। त्यसैकारणले आवश्यकता महसुस गरेर व्यवसाय गरेमा राम्रोसँग फस्टाउन सकिन्छ।सिप आधारित तालिमहरू मध्ये "मैनबत्ती,अगरबत्ती र पापड" बनाउने तालिम पनि एक हो। मैनबत्ती प्रत्येक घर परिवारमा अन्धयारोको  बेलामा उज्यालो बनाउन मैनबत्तीको प्रयोग गरिन्छ।मैनबत्ती स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त भएको हुनाले यसको माँग दिनप्रति दिन बढि रहेको छन्। अगरबत्ती घर -घरमा पूजा पाठ गर्नमा प्रयोग गरिन्छ। अगरबत्ती शुद्ध र पवित्र मानिएको हुनाले विहान र बेलुका पूजा गर्ने बेलामा नभई नहुने अत्याधुनिक सुगन्धित उत्पादन हो। सुगन्धित अगरबत्ती (Perfumer Stick)  को माग दिनानु दिन बढिरहेको देखिन्छ। वर्तमान समयमा स्थानिय स्तरमा यसको माँग बढिरहेको हुनाले यो व्यवसाय गरेर बेरोजगारी न्यूनिकरण र स्व-रोजगारी सृजना गर्न सकिन्छ। पापड खाना खाने परिकार (Items) हरू मध्ये एक हो। बढदो आय स्रोत र खाना खाने प्रवृतिमा सुधार देखिएको हुनाले प्रत्येक घर र परिवारमा अतिथि सत्कार,विशेष उत्सव र चाडपर्वको समयमा यसको माँग बढि देखिन्छन्। पापड खानाको स्वादिष्ट र नभईकन नहुने परिकार भएको हुनाले यसको माँग मैथिली समाजमा खाना खाने परिकार (Items) मा प्रत्यक्ष रूपमा देखिन्छ । यो गाँउपालिकाको लक्ष्ति समुहका युवा र युवतीहरूलाई पापड बनाउने प्रशिक्षण पाएपछि उनीहरू रोजगारी सृजना (Create of self employment) गर्ने छन्। उनीहरू आ-आफ्नो व्यवसाय गरेर मनग्य रूपैया कमाउने छिन। वर्तमान समयमा बढदो माँगको आपूर्ति र रोजगारी सृजना गर्नेमा यो प्रशिक्षण उपयोगी देखिन्छ। यो तालिमको माध्यमबाट सिकेका गुणहरू व्यवहारमा उतार्नु तालिमको मुख्य आशय रहेका छन।

२.   कार्यक्रमको मुख्य उद्देश्य (Main aim of the programmer) :-  यो गाउँपालिकामा बसोबास गर्ने युवा र युवतीहरूलाई लक्ष्ति समुहमा राखेर उधमी र उद्दमशिलता बनाउनको लागि सिपमा आधारित तालिमहरू मध्ये मैनबत्ती ,अगरबत्ती र पापड बनाउने तालिमको प्रशिक्षण पाएपछि उद्दमी बन्ने छन् । उनीहरूले उत्पादन गरेको सामानहरूको बजार व्यवस्थापन गरेर जीवनमा आर्थिक समृद्धि ल्याउने कार्यक्रमको मुख्य उदेश्य रहेका छन् ।

३.   कार्यक्रम कार्यान्वयन गर्ने स्थान (Implementation Field of the programme ) :- यो कार्यक्रम पिपरा गाउँपालिकाको वडा नं १ मा कार्यान्वयन गर्ने छ ।

४.   कार्याक्रमको अवधि (Duration of the programme) :- ५ दिन

५.   कार्यक्रमको वर्णन (Deseription of the programme) :- मैनबत्ती,अगरबत्ती र पापड बनाउने तालिम पिपरा गाउँपालिकाको वडा नं १ मा कार्यान्वयन गर्नेछ । यो कार्यक्रममा युवा र युवतीहरूलाई लक्ष्ति समुहमा राखेर कार्यान्वयन गर्नेछ । यो तालिम पाइसकेपछि युवा र युवतिहरूले स्वस्फर्त आफ्नो क्षेत्र पहिचान गरेर व्यापार व्यवसाय गरेर समृद्धि बढाउने छन् ।
.   संस्थाको वर्णन (Description of the organization)

..१ संस्थाको नाम :–
..२ संस्थाको ठेगाना :–
..३ संस्थाको दर्ता नं. :–
..४ संस्थाको दर्ता मिति :–
..५ संस्थाको दर्ता जिल्ला :–
६.१.६ संस्थाको नविकरण मिति :–
..७ समाजक कल्याण आवद्धता नं. :–
..८ समाज कल्याण आवद्धता मिति :–
..९ पान नं. :–
७    सम्पर्क व्यक्तिको नाम :
८    सम्पर्क मो.नं. :

.    संस्थाको प्रकार (Types of Organization) :– पिपरा गाउँ पालिका -१ समाज विकास महोत्तरी गैर सहकारी संस्थामा विभिन्न वर्णका मानिसहरुको  भावना अनुसार ७ जना  क्रियाशिल सदस्यहरु रहेको अधिकार सम्पन्न गैर सरकारी संस्था हो ।

१०    कार्यकारिणी समितिको विवरण (Description of Active Members of The Organization) :–
  
नाम                       
पदाधिकारी
ठेगाना

अध्यक्ष


उपाध्यक्ष


सचिव


कोषाध्यक्ष


सदस्य


सदस्य        


सदस्य
                             


११    भौतिक विवरण (Physical Property)

सामग्रीको विवरण
परिमाण
अवस्था
कैफियत
कम्पुटर                   
चालु अवस्था

प्रिन्टर 
चालु अवस्था

टेबुल
चालु अवस्था

साधारण टेबुल
१४
चालु अवस्था

मुभिङ्ग चेयर
चालु अवस्था

सिलाई मेसिन    
चालु अवस्था

अलमिरा
चालु अवस्था

काठको अलमिरा
चालु अवस्था

कार्यालय कोठा
चालु अवस्था

१०
बैठक कोठा
चालु अवस्था
               

१२    कार्यक्रमसँग सम्बन्धित अनुभवि कर्मचारी तथा जनशक्ति विवरण

    
नाम  
पद
योग्यता
तालिम
अनुभव
                                    
कार्यक्रम संयोजक
B.B.S
विषयगत
७ वर्ष

फिल्ड सुपरभाईजर    
B.B.S
विषयगत
६ वर्ष

सामाजिक परिचालक
I.Com
विषयगत
४ वर्ष

सामाजिक परिचालक
10+2
विषयगत
३ वर्ष

कार्यालय सहयोगि




Popular posts from this blog

Proposal – Letter प्रस्तावना पत्र को कभर पृष्ठ - नमुना

Request structure ( निवेदन को ढांचा )

Activities to achieve the organization's objectives (संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरू)

Preamble of Dowry Abolition Program - दहेज प्रथा उन्मुलन कार्यक्रमको प्रस्तावना -पत्र