Preamble of Dowry Abolition Program - दहेज प्रथा उन्मुलन कार्यक्रमको प्रस्तावना -पत्र

 Namaste Kisan Nepal YouTube channel  

औरही नगरपालिका 
नगर कार्य पालिकाको कार्यालय
औरही ,महोत्तरी
मधेश प्रदेश
"दहेज प्रथा उन्मुलन कार्यक्रम"को 
(Dowry Abolition Programme)
प्रस्तावना -पत्र
(Proposal - Letter)
१    कार्यक्रमको पृष्ठभुमी (Back Ground of the Programme):- महोत्तरी जिल्ला नेपाल राज्यको मधेश प्रदेश मा पर्छ।यो जिल्लाको पूर्वमा धनुषा,उत्तरमा सिन्धुली,पश्चिचममा सर्लाही र दक्षिणमा भारतको विहार राज्यको मधुवनी र सितामढी जिल्ला पर्छ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर देखि उत्तर र पश्चिचमा औरही नगरपालिका पर्छ। यो नगरपालिकामा बसोबास गर्ने जातिहरूमा दलित समूहमा पर्ने जातिहरु,जनजाति समूहमा पर्ने जातिहरू र अन्यमा पर्ने जातिहरूको बसोबास रहेका छन्।यो नगरपालिकामा बसोबास गर्ने सम्पन्न र धनाढय व्यक्तिहरू गाउँ छाडेर सुविधा सम्पन्न शहरहरूमा बसोबास गर्छन।यो नगरपालिकामा बसोबास गर्ने मानिसहरू प्रायःअशिक्षित,बेरोजगार र सिप विहिन जीवन बिताउँछन्। यो नगरपालिकामा बसोबास गर्ने मानिसहरू मध्ये ७०% कृषि पेशामा संलग्न रहेको देखिन्छन्।उनीहरू समयमा कृषि प्राविधिक बाट सल्लाह लिदैन।उनीहरूको सामाजिक सांस्कृतिक विकास भएका छन्।उनीहरू अशिक्षित र आर्थिक विपन्नताको कारणले गर्दा धेरै नै समस्याहरूको सामना गर्छन। यो नगर क्षेत्रमा विकासका पूर्वाधारहरूको विकास भएका छन्।यो नगरपालिकाको ग्रामिण क्षेत्रमा मुर्ख र विपन्न समुदायमा अनेक प्रकारको शारीरिक र मानसिक समस्याहरुबाट ग्रसित महिलाहरूको समस्या देखिन्छ।यहाँ बाल विवाह (Early Marriage) र अनेक प्रकारको सामाजिक पूर्वाग्रह (Social Prejudice) र अन्ध विश्वास(Superstition) रहेका छन। बाल विवाह विरूद्धमा सरकारी र गैर सरकारी संघ संस्थाबाट जति विरोध भएता पनि बाल विवाह हटन सकेको छैन। बाल विवाहको कारणले चाडै बच्चा पाउने र बच्चा र आमा दुवैको जान जोखिममा रहने गर्छन।महिलाहरू शारीरिक रुपमा पूर्ण परिपक्क नभएपछि आमा बनेमा प्रजन्न अंगहरुमा समस्या आउँद छन।उनीहरु परिवारिक असन्तुष्टि र आर्थिक समस्याको कारणले गर्दा प्रजन्न अंगहरूमा कुनै प्रकारको संक्रमित समस्या आउँदा समयमा स्त्री रोग विशेषज्ञ( Gynecologist) डाक्टरसँग सल्लाह नलिई लुकाउने गर्छन।विस्तारै-विस्तारै संक्रमित भएर प्रजन्न अंगहरुमा ठुलो समस्या आउँछ।
यो नगरपालिकाको नगरहरूमा बसोबास गर्ने समुदायहरुमा दहेज प्रथा को बोलबाला बढी देखिन्छ। नेपाली समाजको सबै भन्दा खराब विपति मध्ये एउटा हो।दहेज प्रथा नेपालमा अत्यन्त नराम्रोसँग र तराई-मधेश क्षेत्रको सामाजिक आर्थिक क्षेत्रमा ठुलो क्षति पुर्याउदै आइरहेको छ। कानुनी रूपमा नेपालमा दाइजो प्रतिब्ध लगाइएको छ। तर यो अझै पनि मधेशी समुदायमा छ।दहेज भनेको के हो? विहेको नाउँमा दुलहिन पक्षले दुलहा पक्षलाई रुपैया पैसा,सामानहरू र कपडा दिनेलाई दहेज भनेको हो। दहेज उपहार हो।समाजमा दहेजको नाउँमा सामान आभुषण,नगदी वा जिन्सी कुनै प्रकारको कोसेली अपमान र अनादर मानिन्छ। विहेको नाउँमा दहेज लिनु वा दिनु दुवै अपराध मानिन्छ। विहेवारीको नाममा दहेज दण्डनीय अपराध मानिन्छ।

वर्तमान समयमा दहेजको नाउँमा धेरै प्रकारको विकृति र विंसगतिहरू देखा परेका छन।महिला जातिको अपमान भएका देखिन्छ।महिला जातिलाई सामान र सामग्रीहरूसँग दाजेका छन। उनीहरूलाई अपमान र अनादर भएका देखिन्छ। हाम्रो समाजमा केटा जतिपढे लेखेका छन्। वहाँहरू व्यक्ति कै मात्रामा विवाहको नाउँमा दहेज माँग्ने गर्छन।यसले गर्दा समाजमा अनेक प्रकारको विकृति र समस्या ल्याउने गरेको कुरा हामी देख्ने सुन्ने र पढ्ने गर्दछौ। ह\दहेज प्रथाको कारणले गर्दा समाजमा गर्भ अवस्थामा भ्रुणको पहिचान गरेर केटीको भ्रुण हत्या गर्छन।यसको परिणाम स्वरूप केटा र केटीको संख्यामा असन्तुलन भएर समयमा विवाह नभएर अनेक प्रकारको समस्या ल्याउने गर्छन।
दहेज प्रथा न्यूनिकरण गर्नको लागि किशोरी शिक्षामा जोड दिनुपर्छ।उनीहरू सिपमा आधारित शिक्षा पाएपछि रोजगारी हुने छिन् र आफ्नो जीवन निर्वाह गर्नमा सक्षम हुने छिन। केटा र केटी बराबर शिक्षा पाएपछी दहेज प्रथा उन्मुलन गर्न सकिन्छ।भने विषयमा सामाजिक समस्याको विज्ञ,महानुभावहरूको सल्लाह छन।
    कार्यक्रमको मुख्य उद्देश्य (Aim of the Programme):- दहेज प्रथा मा सहभागि भए पश्चात निम्न उद्देश्यहरु पुरा गर्न छन।
  • दहेज प्रथा न्युनिकरण गर्नमा अभिभावक र युवाहरू सक्रिय भुमिका खेल्ने छन्। 
  • फजुल खर्च कम हुने छन्।
  • किशोरी शिक्षामा जोड दिने छन्।
  • सामाजिक सदभाव बढने छन।
  • महिला जातिको सम्मान हुनेछन।
२.१    कार्यक्रम कार्यान्वयन गर्ने स्थान(Working field of the Programme):- औरही नगरपालिका 
२.२  कार्यक्रमको वर्णन (Description of the Programme):-दहेज प्रथा उन्मुलन कार्यक्रम औरही नगरपालिका युवा,युवती र अभिभावकहरूको बिचमा दक्ष सामाजिक विज्ञ प्रशिक्षकहरुबाट प्रशिक्षण कार्यक्रम गरिने छ।उनीहरुको बिचमा दहेजले हाम्रो समाजमा पार्ने दुस प्रभाव,फजुल खर्च,सामाजिक उत्सृंखल र धनी गरिब बिचको सम्बन्ध बारेमा प्रशिक्षण केन्द्रित गरिनेछ।केटीको विवाहको समयमा दिने दहेज रुपैया दुरूपयोग र देखासिकि रुपमा अनेक प्रकारको विकृति र समस्या ल्याउछ भने विषयमा प्रशिक्षण केन्द्रित हुनेछन।
    संस्थाको वर्णन (Description of the organization):-
३.१.१    संस्थाको नामः-
३.१.२    संस्थाको ठेगानाः-
३.१.३    संस्थाको दर्ता नं.
३.१.४    संस्थाको दर्ता मितिः-    
३.१.५    संस्थाको दर्ता जिल्लाः-
३.१.६    संस्थाको नविकरण मितिः-
३.१.७    समाज कल्याण आवद्धता नं.-
३.१.८    समाज कल्याण आवद्धता मितिः-
३.१.९    पान नं.-
        सम्पर्क व्यक्तिको नामः-
        सम्पर्क मो.नं.-
    संस्थाको प्रकार (Types of Organization):- त्रिवेणी विकास संस्था जलेश्वर नगरपालिका वडा नं.-६ महोत्तरी गैर सरकारी संस्थामा विभिन्न वर्णका मानिसहरूको भावना अनुसार ७ जना क्रियाशिल सदस्यहरू रहेको अधिकार सम्पन्न गैर सरकारी संस्था हो।
    कार्यकारिणी समितिको विवरण (Description of Active Members of the Organization)
सि.नं.                            नाम                                     पदाधिकारी                               ठेगाना

८    भौतिक विवरण (Physical Property):-
सि.नं.                        सामग्रीको विवरण                    परिमाण           अवस्था             कैफियत
                                                कम्प्युटर                                        १                 चालु अवस्था
                                        प्रिन्टर                                            १                         "
                                        टेबुल                                              २                        "
                                        साधारण टेबुल                               १४                       "
                                        सिलाई मेसिन                                २                         "
                                        अलमिरा                                        १                         "
                                        कार्यालय कोठा                               १                        "
                                        बैठक कोठा                                    १                        "
    कार्यक्रमसँग सम्बन्धित अनुभवि कर्मचारी तथा जनशक्ति विवरणः-
सि.नं.                नाम                पद                योग्यता            तालिम            अनुभव
        


Popular posts from this blog

Proposal – Letter प्रस्तावना पत्र को कभर पृष्ठ - नमुना

Preface - Letter of candlesticks, incense and papad-making skills.

Request structure ( निवेदन को ढांचा )

Activities to achieve the organization's objectives (संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरू)