Preamble of Dowry Abolition Program - दहेज प्रथा उन्मुलन कार्यक्रमको प्रस्तावना -पत्र

Image
  Namaste Kisan Nepal YouTube channel     Subscribe औरही नगरपालिका  नगर कार्य पालिकाको कार्यालय औरही ,महोत्तरी मधेश प्रदेश "दहेज प्रथा उन्मुलन कार्यक्रम"को  (Dowry Abolition Programme) प्रस्तावना -पत्र (Proposal - Letter) १    कार्यक्रमको पृष्ठभुमी (Back Ground of the Programme):- महोत्तरी जिल्ला नेपाल राज्यको मधेश प्रदेश मा पर्छ।यो जिल्लाको पूर्वमा धनुषा,उत्तरमा सिन्धुली,पश्चिचममा सर्लाही र दक्षिणमा भारतको विहार राज्यको मधुवनी र सितामढी जिल्ला पर्छ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर देखि उत्तर र पश्चिचमा औरही नगरपालिका पर्छ। यो नगरपालिकामा बसोबास गर्ने जातिहरूमा दलित समूहमा पर्ने जातिहरु,जनजाति समूहमा पर्ने जातिहरू र अन्यमा पर्ने जातिहरूको बसोबास रहेका छन्।यो नगरपालिकामा बसोबास गर्ने सम्पन्न र धनाढय व्यक्तिहरू गाउँ छाडेर सुविधा सम्पन्न शहरहरूमा बसोबास गर्छन।यो नगरपालिकामा बसोबास गर्ने मानिसहरू प्रायःअशिक्षित,बेरोजगार र सिप विहिन जीवन बिताउँछन्। यो नगरपालिकामा बसोबास गर्ने मानिसहरू मध्ये ७०% कृषि पेशामा संलग्न रहेको देखिन्छन्।उनीहरू समयमा कृषि प्राविधि...

Sample Articles of Association 2079 (संस्थाको विधानको नमूना)

Namaste Kisan Nepal YouTube channel  Link
मा गएर अन्य जानकारी लिन सक्नु हुनेछ ।
गैर सरकारी संस्थाको विधानका संरचनाका रुपरेखा

नेपाल लोक कल्याण विकास परियोजनाको
 विधान २०७९

प्रस्तावना ः- आम नागरिकमा व्यवस्था परिवर्तनको चाहना अनुरूप संघिय लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको संविधानका उपलब्धिलाई संस्थागत गर्दै जाँदा चल्नेआत्मनिर्णय,स्वायतता,संघियता,समावेशीकरण,पहिचान र आरक्षण आदिको बहस संँगै उजागर हुन आउने नयाँ-नयाँ चुनौतीहरू र यस सँग जोडिएका कतिपय सवालहरूको परिवर्तित सन्दर्भमा व्याख्या,विवेचना र विश्लेषणको क्रममा यहाँका सामाजिक,सांस्कृति,धार्मिक,भौगोलिक ऐतिहासिक र जैविक विविधताको आधारमा सेवा सुविधा तथा सार्वजनिक स्रोत/सम्पत्तिमा पहुँच जस्ता विभिन पक्षहरूको मानविय र ऐतिहासिक दृष्टिकोण बाट वैज्ञानिक अध्ययन,अनुसंधान एंव सोध-खोज गरी व्यवस्था परिर्वतन सँगै उत्पन्न हुने सबै खाले विभेद तथा द्धन्द/विवादहरूको न्यायोचित जनमुखि वैज्ञानिक सम्बोधन बाट देशमा समान्ता,स्वतन्त्रता,बन्धुत्व र न्यायको भावनाको विकास र विस्तारका लागि एकिकरणका आधारहरू निर्माण,प्रचार प्रसार र विस्तार गरी स्थानिय सुशासनको प्रक्रियाका लागि जनता र स्थानिय सरकार बिचको सम्बन्ध बलियो पार्न योगदान पुर्याउने अभिप्रायले यस संस्थाको स्थापना गरिएको छ। 
परिच्छेद  १
प्रारम्भिक ः-
१    संक्षिप्त नाम र प्रारम्भ ः- यस संस्थाको नाम " नेपाल लोक कल्याण विकास परियोजना " रहेन छ।         यसलाई अंग्रेजीमा " Nepal Public Welfare Development Project" तथा छोटकरीमा (NPWDP) भनिने छ।
(क)  संस्थाको कार्यालय रहेन ठेगाना ः- यस संस्थाको केन्द्रिय कार्यालय महोत्तरी जिल्ला जलेश्वर न.पा.वडा             नं.-१  मा रहने छ।
(ख)  संस्थाको कार्यक्षेत्र ः- स्थान महोत्तरी जिल्ला भरी हुनेछ तथा आवश्यकता अनुसार स्थानिय अधिकारीको             स्वीकृति लिई नेपाल देश भरी यसका शाखाहरू खोल्न सकिनेछ।
(ग)   यो संस्था राजनैतिक  क्रियाकलापबाट अलग रहने  छ।

२    परिभाषा:- विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा उल्लेखित कुराहरूले निम्न अनुसार बुझाउने         छ।
(क)    संस्था भन्नाले " नेपाल लोक कल्याण विकास परियोजना " लाई बुझाउने छ।
(ख)    विधान भन्नाले " नेपाल लोक कल्याण विकास परियोजना " को विधान २०७९ लाई बुझाउने छ।
(ग)    नियम भन्नाले " यस संस्थाको विधान अन्तर्गत बनेको " नियमलाई बुझाउने छ।
(घ)    सभा भन्नाले " यसै विधानको दफा ६ बमोजिम गठित " समितिलाई बुझाउने छ।
(ङ)    समिति भन्नाले " यसै विधानको दफा १२ बमोजिम गठित " समितिलाई बुझाउने छ।
(च)    सदस्य भन्नाले " यस विधान बमोजिम सदस्यता प्राप्त व्यक्ति तथा संस्थापक सदस्यलाई"जनाउने छ।
(छ)    संस्थापक सदस्य भन्नाले " संस्था दर्ता प्रक्रियामा संग्लन कार्यदललाई " जनाउने छ।
(ज)    तोकिए बमोजिम भन्नाले " यस विधान वा यस अन्तर्गत बनेको नियम विनियममा उल्लेख भएको "             मानिनेछ ।
(झ)    यस संस्थाको विधान नेपाली र अंग्रेजी दुई भाषामा रहने छ जो नेपाली भाषामा दर्ता र अंग्रेजी भाषामा पछि           लेखिने छ।
    संस्थाको चिन्ह र छापः- यस संस्थाको चिन्ह र छाप गोलाकार घेरामा नेपाल लोक कल्याण विकास परियोजना        जलेश्वर न.पा.-१ ,महोत्तरी बिचमा कलम को चित्र र तल स्थापना २०७९ साल अंकित छाप हुनेछ ।
    
Logo



Popular posts from this blog

Proposal – Letter प्रस्तावना पत्र को कभर पृष्ठ - नमुना

Budget Pattern (बजेटको नमुना)

Preface - Letter of candlesticks, incense and papad-making skills.

Activities to achieve the organization's objectives (संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरू)