Preamble of Dowry Abolition Program - दहेज प्रथा उन्मुलन कार्यक्रमको प्रस्तावना -पत्र

Image
  Namaste Kisan Nepal YouTube channel     Subscribe औरही नगरपालिका  नगर कार्य पालिकाको कार्यालय औरही ,महोत्तरी मधेश प्रदेश "दहेज प्रथा उन्मुलन कार्यक्रम"को  (Dowry Abolition Programme) प्रस्तावना -पत्र (Proposal - Letter) १    कार्यक्रमको पृष्ठभुमी (Back Ground of the Programme):- महोत्तरी जिल्ला नेपाल राज्यको मधेश प्रदेश मा पर्छ।यो जिल्लाको पूर्वमा धनुषा,उत्तरमा सिन्धुली,पश्चिचममा सर्लाही र दक्षिणमा भारतको विहार राज्यको मधुवनी र सितामढी जिल्ला पर्छ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर देखि उत्तर र पश्चिचमा औरही नगरपालिका पर्छ। यो नगरपालिकामा बसोबास गर्ने जातिहरूमा दलित समूहमा पर्ने जातिहरु,जनजाति समूहमा पर्ने जातिहरू र अन्यमा पर्ने जातिहरूको बसोबास रहेका छन्।यो नगरपालिकामा बसोबास गर्ने सम्पन्न र धनाढय व्यक्तिहरू गाउँ छाडेर सुविधा सम्पन्न शहरहरूमा बसोबास गर्छन।यो नगरपालिकामा बसोबास गर्ने मानिसहरू प्रायःअशिक्षित,बेरोजगार र सिप विहिन जीवन बिताउँछन्। यो नगरपालिकामा बसोबास गर्ने मानिसहरू मध्ये ७०% कृषि पेशामा संलग्न रहेको देखिन्छन्।उनीहरू समयमा कृषि प्राविधिक बाट सल्लाह लिदैन।उनीहर

Classification of Members (सदस्यहरुको वर्गिकरण)


 Namaste Kisan Nepal YouTube channel  

 परिच्छेद -३

१.    सदस्यको वर्गिकरणः-
(क)    संस्थापक सदस्यः- संस्थाको स्थापनमा  संलग्न यसै विधानको दफा २७ मा उल्लेखित व्यक्तिहरू संस्थाको संस्थापक सदस्य सम्झिनेछ । संस्थापक सदस्यको संस्थामा सदैव उच्च स्थान रहनेछ र निजले कुनै पनि पदमा उम्मेदवारी तथा मतदान गर्न पाउनेछ ।सबै संस्थापक सदस्यहरूले आर्थिक वर्ष समाप्त भएको १ महिना भित्र प्रत्येक वर्ष सदस्यता नविकरण गराउनु पर्नेछ। समय भित्र सदस्यता नविकरण गराउनु पर्नेछ।समय भित्र सदस्यता नविकरण गराउन नसकेमा कुनै पनि पदमा उम्मेदवारी तथा मतदान गर्नबाट वञ्चित हुनेछ ।
(ख)    साधारण सदस्यः- यस विधानको दफा ७ बमोजिम योग्यता भएका र यस संस्थाको उद्देश्य प्रति समर्पित रही यस अन्तर्गत बनेको नियम अनुसारको शुल्क तिरी सदस्यता प्राप्त गरेका व्यक्तिलाई साधारण सदस्य मानिनेछ र यस्ता सदस्यले संस्थाको कुनै पनि पदमा उम्मेदवारी र मतदान गर्न पाउनेछ ।
(ग)    मनार्थ सदस्यः- संस्थाको उद्देश्य प्राप्तिका लागि विशिष्ट योगदान गर्ने कुनै स्वदेशी वा विदेशी व्यक्ति,संघ संस्थालाई कार्य समितको निर्णय अनुसार अध्यक्षले तोकेको अवधिका लागि मनार्थ सदस्यता प्रदान गर्न सक्नेछ। यस्तो सदस्यलाई संस्थाको कुनै पनि पदमा तोकेको अवधिका लागि मनार्थ सदस्यता प्रदान गर्न सक्नेछ। यस्तो सदस्यलाई संस्थाको कुनै पनि पदमा उम्मेदवारी दिन वा मतदान गर्ने अधिकार हुने छैन।
(घ)    आजिवन सदस्यः- यस विधानको दफा (७) अनुसारका योग्यता भएका र संस्थाको उद्देश्य प्राप्तिका लागि अविञ्चित आजिवन योगदान गर्न व्यक्तिलाई कार्य समितिको निर्णय अनुसार अध्यक्षले आजिवन सदस्यता प्रदान गर्न सक्नेछ। यस्तो सदस्यलाई संस्थाको कुनै पनि पदमा उम्मेदवारी दिन वा मतदान गर्ने अधिकार हुनेछ।
२.    सदस्यता प्राप्तिको लागि आवश्यक योग्यताः-
(क)    सामाजिक / सामुदायिक विकास र मानविय सेवाको क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न रहेको,
(ख)    नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणित नभएको,
(ग)    संस्थको कार्य प्रति आस्थावान रहि सदस्यता लिन ईच्छुक रहेको,
(घ)    मानसिक रूपले सन्तुलित व्यक्ति,
(ङ)    नेपाल सरकारको सेवा वा संघ संस्थामा रहदा आर्थिक हिनामिना नगरेका नैतिकतावान व्यक्ति,
(च)    सदस्य हुन चाहने व्यक्ति २० (बीस) वर्ष उमेर पुगेका नेपाली नागरिक हुनुपर्छ।
३.    संस्थाको सदस्य नियुक्ति हुन नसक्ने अवस्था ः- (१) देहायका कुनै व्यक्ति संस्थाका सदस्य पदमा नियुक्ति हुन सक्ने छैन ।
(क)    गैर नेपाली नागरिक र १८ (अठार) वर्ष उमेर नपुगेको ।
(ख)    मानसिक रूपले असंतुलित वा बौलाएको व्यक्ति।
(ग)    दामासाहीमा परेको व्यक्ति।
(घ)    कुनै प्रकारको चोरी ,ठगि,किर्ते वा जालसाजी गरेको वा आफ्नो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरूपयोग गरेको वा भ्रष्टाचार गरेको अभियोगमा अदालतबाट कसुरदार ठहरी सजाय पाएको।
(ङ)    सम्बन्धित संस्थाको व्यवसायमा निजी स्वार्थ भएको।
४.    देहायको अवस्थामा कुनै व्यक्ति संस्थाको सदस्यमा बहाल रहने छैनः- (१) देहायका कुनै व्यक्ति संस्थाका सदस्य पदमा बहाल रहि रहन सक्ने छैन।
(क)    दफा (८) को उपदफा (क) बमोजिम सदस्य पदमा नियुक्ति हुन नसक्ने भएमा ।
(ख)    साधारण सभाबाट २ तिहाईको बहुमतले संस्थाको सदस्य पदबाट हटाउने प्रस्ताव पारित गरेमा।
(ग)    सदस्यले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएमा ।
(घ)    संस्थाको काम कारवाहीमा ,बेईमानी वा वदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा ।
(ङ)    यस विधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा।
(च)    सदस्यता शुल्क बुझाउन बाँकी भएकोमा ।
        कुनै व्यक्तिलाई संस्थाको सदस्यमा नियुक्ति हुन वा बहाल रहन अयोग्य ठहराउनु भन्दा अघि संस्थाले निजलाई सोको सूचना दिई सफाई पेश गर्ने मौका दिनु पर्नेछ।
५.    सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधिः-
(क)    साधारण सदस्यताः- विधानको दफा ७ अनुसार योग्यता भएका व्यक्तिले साधारण सदस्यता लिन चाहेमा प्रवेश शुल्क रू.१००।- र सदस्यता वापत रू.१०५।- शुल्क सहित संस्थामा निवेदन गरेमा साधारण सदस्यता दिन सकिने छ।
(ख)    आजिवन सदस्यता ः- विधानको दफा ७ अनुसार योग्यता भएका व्यक्तिले आजिवन सदस्यता लिन चाहेमा रू.१००५।- सदस्यता शुल्क सहित संस्थामा निवेदन गरेमा आजिवन सदस्यता दिन सकिने छ।
(ग)    सबै साधारण सदस्यले प्रत्येक आर्थिक वर्ष समाप्त भएको १ महिना भित्र रू.१००।- नविकरण शुल्क बुझाई सदस्यता नविकरण गराउनु पर्नेछ।
(घ)    समय भित्र सदस्यता नविकरण गराउन नसकेमा सदस्यले कुनै पनि पदमा उम्मेदवारी तथा मतदान गर्नबाट वञ्चित हुन सक्नेछ।
(ङ)    लगातार ३ वर्ष सम्म सदस्यता ननिकरण नगराएको खण्डमा स्वतःसदस्यता खारिज हुन सक्नेछ।


परिच्छेद - ४
साधारण सभा तथा बैठक सम्बन्धी व्यवस्था
१.    संस्थाको सभा बोलाउने तरिका र सभाका लागि दिनुपर्ने सूचना सम्बन्धी कुराहरूः-
(क)    यस संस्थाको साधारण सभा देहाय बमोजिम हुनेछः-
(१)    वार्षिक साधारण सभाः- संस्थाको प्रथम साधारण सभा दर्ता भएको ६ महिना भित्र र त्यसपछि प्रत्येक वर्ष आ.ब.समाप्त भएको २ महिना भित्र वर्षको एक पटक साधारण सभाको बैठक आयोजना गरिनेछ।
(२)    विशेष साधारण सभाः- संस्थालाई आवश्यक भएको खण्डमा अथवा कुनै महत्वपूर्ण विषयमा छलफल गर्नु पर्दा कुनै पनि वखतमा विशेष साधारण सभा बोलाउन सकिनेछ अथवा साधारण सभाको एक तिहाई सदस्यहरूले अध्यक्ष समक्ष आकस्मिक असाधारण सभा बोलाउने लिखित अनुरोध गरेमा ३ महिना भित्र आकस्मिक साधारण सभा बोलाउनु पर्ने छ।यसलाई विशेष साधारण सभा भनिने छ।विशेष साधारण सभाले सम्बन्धित विषय वाहेकको विषयमा निर्णय गर्न पाउने छैन।
(३)    यस संस्थाको वार्षिक साधारण सभा गर्नका लागि कम्तिमा १५ दिन अगावै र विशेष साधारण सभा गर्नका लागि कम्तिमा ७ दिन अगावै सभा बोलाउने बारे सबै साधारण सदस्यहरूलाई सूचना दिईनेछ।
(४)    दफा ११ को उप-नियम (३) बमोजिम बोलाईएको साधारण सभामा दुई तिहाई संख्या नपुगि सभा हुन नसकेमा कम्तिमा ७ दिनको म्याद दिई पुनःसाधारण सबा बोलाईने छ।
(५)    साधारण सभाको काम कर्तव्य र अधिकारः-
(क)    संस्थाको प्रमुख अंगको हैसियतले संस्थाको उचित व्यवस्थापन र नेतृत्व चयन गर्ने  ।
(ख)    संस्थाको दीर्घकालिन योजना र कार्यक्रम स्वीकृत गर्ने ।
(ग)    संस्थालाई प्रगति तर्फ उन्मुख हुने खालका निति नियम स्वीकृत गर्ने ।
(घ)    कार्य समिति बाट संशोधनका लागि पेश हुन आएको विधानको मस्यौदा लाई स्वीकृत दिने ।
(ङ)    संस्थाको उद्देश्य प्राप्तिका लागि आवश्यक निर्देशन दिने ।
(च)    संस्थाको आय र व्यय स्वीकृत गर्ने तथा खर्च अनुमोदन गर्ने ।
(छ)    संस्थाको नीति र कार्यक्रम निर्धारण गर्ने ।
(ज)    कार्य समितिको लागि मार्गदर्शन निर्धारण गर्ने ।
(झ)    साधारण सभामा कार्यकारिणी समितिको तर्फबाट सचिवले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्षले लेखा प्रतिवेदन पेश गर्नेछ।
६.(१)    कार्य समितिको गठनः-
(क)    कार्य समितिको नियुक्ति साधारण सभाबाट हुनेछ। तर, प्रथम साधारण सभा नभएसम्मको लागि निम्न बमोजिम अध्यक्ष तथा सदस्य रहेको कार्य समिति रहनेछ।
(ख)    यस संस्थामा ७ जनाको कार्य समिति हुनेछ । समितिमा कम्तिमा ३३% महिला सदस्यहरू रहने छन्।
    अध्यक्ष
    उपाध्यक्ष
    सचिव
    कोषाध्यक्ष
    सदस्य ३ जना
(ग)    कार्य समितिको कार्य अवधि २ वर्षको हुनेछ।
(घ)    वार्षिक साधारण सभा हुनुभन्दा अगावै कुनै कार्य समितिमा रहेको सदस्यको पद रिक्त  हुन आएमा बाँकी अवधिका लागि कार्य समितिका सदस्यको नियुक्ति कार्य समिति द्धारा गर्न सकिनेछ। कुनै सदस्यको पद बिचमा रिक्त भएमा सो पदमा नियुक्ति भएको सदस्यको कार्यकाल सो सदस्य जुन सदस्य पद रिक्त भई नियुक्ति भएको हो सो सदस्य बाँकी कार्यकाल सम्मका लागि मात्र हुनेछ।
६.(२)    कार्य समितिको बैठकः-
(क)    कार्य समितिको नियमित बैठक प्रत्येक महिना बस्नेछ। सो बाहेक आवश्यकता अनुसार कार्य समितिको अध्यक्षले बैठक बोलाउन सक्नेछ। यसैगरी जम्मा सदस्य संख्याको ५१% सदस्यले माँग गरेमा अध्यक्षले माँग अनुसार कार्य समितिको बैठक बोलाउनेछ ।
(ख)    कार्य समितिको बैठकमा सदस्य आफै उपस्थित हुनुपर्नेछ।
(ग)    जम्मा कार्यकारी सदस्य संख्याको कम्तिमा ५१% प्रतिशत सदस्यहरू उपस्थित नभई कार्य समितिको बैठक हुने छैन।
(घ)    कार्य समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ। अध्यक्षको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरूले छानेको सदस्यले अध्यक्षता गर्नेछ।
(ङ)    कार्य समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ।
(च)    कार्य समितिको बैठकमा छलफल भएको विषय वस्तु सम्बन्धमा भएको निर्णयको विवरण माईन्युट छुटै रजिष्टरमा लेखि राख्नु पर्नेछ र सो निर्णयको विवरण बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरूका कम्तिमा ५१% ले सहि गरी पास गर्नु पर्नेछ ।
(छ)    माथिका उप-नियमहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि कार्य समितिले गर्न पाउने कुनै कामको सम्बन्धमा कार्य समितिका सबै सदस्यहरू लिखित रूपमा सहमत भएमा त्यस्ता सहमतिलाई कार्य समितिको बैठको निर्णय सरह मानिनेछ।
६(३)    कार्य समितिको काम कर्तव्य र अधिकार ः-
(१)    संस्थाको कार्यकारिणी अधिकार कार्य समितिमा रहनेछ । संस्थाबाट गरिनु पर्ने कार्य सम्पादन र उद्देश्यहरूको कार्याव्यन कार्य समिति द्धारा हुनेछ।
(२)    उपदफा (१) को समान्य अवस्थामा प्रतिकुल असर नपर्ने गरी कार्य समितिलाई निम्न बमोजिमका अधिकारहरू हुनेछ।
(क)    संस्थाको कार्यक्रमहरू संचालन गर्ने ।
(ख)    संस्थाको  उद्देश्य प्राप्तिका लागि प्रस्तावना र उद्देश्य विपरित नहुने गरी आवश्यक नियमावली र निर्देशिका पारित गर्ने ।
(ग)    संस्थाको उद्देश्य प्राप्तिका लागि आवश्यक योजना ,कार्यक्रम तथा बजेट स्वीकृत गर्ने ।
(घ)    संस्थाका लागि आवश्यक स्टेशनरी,फर्निचर,मेशिनरी औजार,उपकरण,सवारी साधन,भवन,घर जग्गा आदि खरिद वा भाडामा लिने दिने विषयमा निर्णय गर्ने ।
(ङ)    आवश्यक परेमा विधान संशोधन गर्नु पर्ने भएमा सोको मस्यौदा तयार गरी स्वीकृतिका लागि साधारण सभामा पेश गर्ने ।
(च)    संस्थाको कार्यक्रम संचालन गर्न र दैनिक कार्य संचालनका लागि आवश्यक जनशक्ति,सर सामग्री सहितको लागत ईष्टिमेट र खर्च आदि स्वीकृत गर्ने ।
(छ)    विधानमा उल्लेखित बुँन्दाहरूको व्याख्या गर्ने ।
(ज)    संस्थालाई आवश्यक पर्ने कर्मचारीको नियुक्ति,अवकाश र पदाधिकारीको राजीनामा स्वीकृत गर्ने र समर्थन गर्ने ।
(झ)    सहकार्य र साझेदारीका लागि उपयुक्त निकाय र संघ संस्थाको एकिन गरी यसको दायरा तय गर्ने ।
(ञ)    कार्य समितिको कुनै पद रिक्त हुन आएमा साधारण सभाबाट मनोनित गर्ने ।


परिच्छेद-५
पदाधिकारीहरूका काम कर्तव्य र अधिकार
    काम कर्तव्य र अधिकार ः-
(१)    अध्यक्ष
(क)    संस्थाको प्रमुखको रूपमा नेतृत्व गर्ने तथा कार्य समिति र साधारण सभाको बैठकको अध्यक्षता गर्ने ।
(ख)    विभिन्न निकायहरू सँग समन्वय गर्ने।
(ग)    मुख्य पदाधिकारी र कार्यकारिणी निर्देशकको हैसियतले संस्थाको समग्र विकास र विस्तारका काम गर्ने ।
(घ)    संस्थाको उद्देश्य प्राप्तिका लागि कार्य समितिका पदाधिकारी तथा संस्थाका कर्मचारीहरूलाई आवश्यक निर्देशन दिने ।
(ङ)    विभिन्न निकायहरूमा संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने ।
(च)    संस्थाको उद्देश्य र कार्यक्रम अनुसार प्रस्तावना ,योजना तथा कार्यक्रम,बजेटिङ्ग र रिपोर्टिङ्गको अन्तिम स्वीकृति दिने।
(छ)    संस्थाद्धारा संचालित परियोजना तथा कार्यक्रमहरूको कार्यान्वयन,सुपरिवेक्षण,अनुगमन र मुल्यांकन गर्ने गराउने ।
(ज)    उद्देश्य र कार्यक्रम संचालन गर्न सम्बन्धित निकाय र संघ संस्था सँग सहकार्य र साझेदारी विषयको करारनामा गर्ने ।
(झ)    संस्थाको उद्देश्य प्राप्तिका लागि थप अवसर र सम्भावनाहरूको खोजी र पहिचान गरी लोकतान्त्रिक संभाव्य मोडेलहरू तयार गरी लागु गर्ने ।
(ञ)    कर्मचारी नियुक्ति,बर्खास्त,विदा ,पुरस्कार सम्बन्धि काम कार्वाहीको स्वीकृत प्रदान गर्ने ।
(ट)    मत बराबर भएमा निर्णायक मत दिने ।
(२)    उपाध्यक्ष
(क)    अध्यक्षको अनुपस्थितमा निजले गरी आएको सम्पूर्ण कामहरू गर्ने ।
(ख)    संस्थाको क्रियाकलापको सुपरिवेक्षण र अनुगमन गरी पेश गर्ने ।
(ग)    संस्थाको हकहित हुने खालका कार्यहरू गर्न समितिमा प्रस्ताव पेश गर्ने ।
(घ)    सम्बन्धित निकाय र संघ संस्था सँगको सहकार्य र साझेदारीमा सहयोग गर्ने ।
(ङ)    संस्थाको वार्षिक कार्यक्रम,बजेट तथा प्रगति विवरण तयार गर्न सहयोग गर्ने  ।
(च)    प्रस्तावना लेखनमा सहयोग गर्ने ।
(छ)    संस्थाको उद्देश्य प्राप्तिका लागि थप अवसर र सम्भावनाहरूको खोजि र पहिचानमा सहयोग गर्ने ।
(३)    सचिव
(क)    संस्थाको सचिवालयको रेखदेख र संचालन गर्ने ।
(ख)    अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
(ग)    अभिलेख सुरक्षित राख्ने ।
(घ)    अध्यक्षले दिएको अन्य जिम्मेवारी पुरा गर्ने ।
(ङ)    संस्थाको सदस्यता लिन चाहनेलाई कार्य समितिको निर्णय अनुसार सदस्यता प्रदान गर्ने।
(च)    संस्थाको उद्देश्य प्राप्तिका लागि थप अवसर र सम्भावनाहरूको खोजी र पहिचानमा सहयोग गर्ने ।
(छ)    संस्थाको हकहित हुने खालका कार्यहरू गर्न समितिमा प्रस्ताव पेश गर्ने ।
(४)    कोषाध्यक्ष
(क)    कोषको जिम्मेबार व्यक्तिको हैसियतले कोषको संचालन र व्यवस्थापन गर्ने ।
(ख)    संस्थाको नगदी जिन्सी सम्पत्तिको अभिलेख राख्ने तथा आय र व्ययको लेखा परीक्षण गराउने।
(ग)    आवश्यक स्टेशनरी,फर्निचर,मेशिनरी औजार,उपकरण,सवारी साधन,भवन,घर जग्गा आदि खरिद विक्री वा भाडामा लिने दिने विषयको कागजात तयारी गरी स्वीकृतिको लागि पेश गर्ने ।
(घ)    सम्बन्धित निकाय र संघ संस्था सँगको सहकार्य र साझेदारीमा सहयोग गर्ने ।
(ङ)    संस्थाको वार्षिक कार्यक्रम,बजेट तथा  प्रगति विवरण तयार गर्न सहयोग गर्ने।
(च)    संस्थाको उद्देश्य प्राप्तिको लागि थप अवसर र सम्भावनाहरूको खोजी र पहिचानमा सहयोग गर्ने ।
(छ)    संस्थाको वार्षिक आर्थिक कार्यक्रम,बजेट तथा प्रगति विवरण तयार गर्ने।
(ज)    संस्थाको हकहित हुने खालका कार्यहरू गर्न समितिमा प्रस्ताव पेश गर्ने ।
(झ)    आर्थिक प्रस्तावना लेखन गर्ने ।
(५)    सदस्य (कार्यकारिणी)
(क)    साधारण सभामा उपस्थित हुने र छलफलमा भाग लिने।
(ख)    संस्थाको उद्देश्य प्राप्तिका निमित आवश्यक राय सल्लाह र सुझाव दिने ।
(ग)    संस्थाको निर्णय कार्यान्वयनका लागि सक्रिय भुमिका निर्वाह गर्ने।
(घ)    संस्थाको हकहित हुने खालका प्रस्तावहरू साधारण सभामा ल्याउने।
(ङ)    संस्थाको उद्देश्य प्राप्तिका लागि थप अवसर र सम्भावनाहरूको खोजी र पहिचानमा सहयोग गर्ने।
(च)    सम्बन्धित निकाय,संघ संस्था सँगको सहकार्य तथा साझेदारी सम्बन्धमा सहयोग र सुझाव गर्ने।
(छ)    पायक पर्ने क्षेत्रमा संस्थाको क्रियाकलाप र गतिविधिको अनुगमन र निरीक्षण गर्ने।
    गणपुरक संख्याः-
(क)    कुल सदस्य संख्याको ६७% को प्रतिनिधित्व हुने गरी साधारण सदस्यहरू उपस्थित नभई साधारण सभाको काम कारवाही हुने छैन।
(ख)    तर विधानको दफा ११ (क) को उप-दफा (४) मा उल्लेख भए बमोजिम पुनः बोलाईएको साधारण सभामा कुल संस्थापक संख्याको ५१% प्रतिनिधित्व हुने गरी उपस्थित भएमा सभा गर्न बाधा पर्ने छैन।


परिच्छेद-६
१०    संस्थाको कोषः-
(१)    संस्थाको एउट छुटै कोष हुनेछ र सो कोषमा देहाय बमोजिम प्राप्त रकमहरू रहेन छन।
(क)    प्रवेश शुल्क,सदस्यता शुल्क आदिबाट प्राप्त रकम।
(ख)    नविकरणबाट प्राप्त रकम।
(ग)    सदस्यले सहयोग गरेको रकम तथा कसैले स्वेच्छाले दिएको अनुदान रकम।
(घ)    अन्य स्रोतबाट प्राप्त हुन आउने रकम  एंव दान,चन्दा र उपहार सहयोगबाट आउने रकम आदि।
(ङ)    संस्थाको आजिवन सदस्य र सदस्यहरूबाट उठेको सदस्यता एंव ननिकरण शुल्कहरू।
(च)    संस्थाले अनुसन्धानात्मक एंव परामर्श सेवा उपलब्ध गराएर वापत तथा विभिन्न परियोजना संचालन द्धारा आर्जन हुने रकमहरू।
(छ)    नेपाल सरकार वा अन्तर्राष्ट्रिय संघ संस्था तथा दातृ निकाय आदिबाट प्राप्त उपहार,ऋण अनुदान र पुरस्कार।
(२)    विदेशी संघ संस्था अथवा दातृ निकायबाट अनुदान सहयोग लिनु परेको खण्डमा समाज कल्याण परिषदबाट स्वीकृती लिईनेछ।
११    खाता संचालनः-
(क)    संस्थाको खाता स्थानिय पायक पर्ने बैंकमा खोलिने छ। उक्त खाताको संचालन संस्थाका अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षर बाट हुने छ।    
(ख)    संस्थाको कोषमा प्राप्त रकम प्रचलित ऐन नियम अनुसार खर्च गरिनेछ र खर्चको श्रेस्ता अध्यावधिक राख्ने व्यवस्था मिलाईनेछ।
१२    संस्थाको लेखा र लेखा परीक्षणः-
(क)    संस्थाको आय -व्ययको लेखा प्रचलित कानुन बमोजिम राखिनेछ।
(ख)    संस्थाको लेखा परीक्षण प्रचलित कानुन बमोजिम रजिस्ट्रार लेखा परीक्षकबाट गराईनेछ।
(ग)    नेपाल सरकार वा स्थानिय अधिकारीले चाहेमा जुनसुकै बखत पनि संस्थाको हिसाब किताब जाँच्न वा जचाउन सक्नेछ।
(घ)    लेखा परीक्षक नियुक्ति साधारण सभाको निर्णयबाट हुनेछ।तर प्रथम वार्षिक साधारण सभा नभए सम्म लेखा परीक्षणकको नियुक्ति अध्यक्षले गरी कार्य समितिबाट अनुमोदन गराउनेछ।
(ङ)    संस्थाको वार्षिक प्रगति प्रतिवेदन ले.प.प्रतिवेदन र कर चुक्ताको प्रमाण पत्र नविकरणको सिफारिस गर्ने निकायमा र स्थानिय अधिकारी समक्ष अनिवार्य रूपमा पेश गरिनेछ।


परिच्छेद-७
निर्वाचन
१३    निर्वाचन सम्बन्धि व्यवस्थाः-
(क)    कार्य समितिको निर्वाचन प्रत्येक २ वर्षमा हुनेछ।समितिका पदाधिकारीहरूको छनौट साधारण सभाबाट सकेसम्म आम सहमतिका आधारमा हुनेछ।
(ख)    निर्वाचन अधिकृतको नियुक्ति कार्य समितिले गर्नेछ।
(ग)    निर्वाचन समितिको काम कर्तव्य र अधिकार निर्वाचन निर्देशिकामा तोकिए बमोजिम हुनेछ।
(घ)    कार्य समितिको कार्यकाल समाप्त हुनु अगावै नयाँ कार्य समितिको निर्वाचन सम्पन्न गराउने छ।
(ङ)    संस्था दर्ता भएको मितिले ६ महिना भित्र विधान अनुसार पहिलो निर्वाचन गराई सकेको जानकारी स्थानिय अधिकारी समक्ष दिईने छ।
(च)    निर्वाचन समितिमा रहेका पदाधिकारीले कुनै पदमा उम्मेदवारी दिन पाउने छैन तर मतदान गर्न बाधा पर्ने छैन।
(छ)    निर्वाचन सम्बन्धि सम्पूर्ण कार्यको अन्तिम निर्णय निर्वाचन समितिको हुनेछ।
(ज)    निर्वाचन सम्बन्धित उपनियमहरू विधान तथा विनियम सँग नबाझिने गरी निर्माण गर्न सकिने छ।
(झ)    कुनै कारणवस पदावधि नसकिदै कुनै  पद रिक्त हुन आएमा कार्य समितिले बाँकी अवधिको लागि मनोनयन गर्न सक्ने छ।
१४    उम्मेदवारमा हुने योग्यताः-
(१)    यस विधानको दफा ६ को उपदफा (क),(ख) र (घ) बमोजिम सदस्यता प्राप्त गरेका र देहाय बमोजिमको योग्यता पुगेका सदस्यहरू कुनै पनि पदका लागि उम्मेदवारी गर्न योग्य हुने छन्।
(क)    समितिको निर्वाचनमा उम्मेदवार हुन संस्थाको सदस्य भई कम्तिमा १ वर्ष संस्थाको कार्यमा निरन्तर संलग्न भएको हुनु पर्नेछ।तर पहिलो निर्वाचनमा यो नियम लागु हुने छैन।
(ख)    समितिको निर्वाचनमा उम्मेदवार हुन निजको उम्मेदवारी निवेदनमा सदस्यहरू मध्येबाट कम्तिमा १ जना प्रस्तावक तथा १ जना समर्थकको हस्ताक्षर हुनु पर्नेछ।
(ग)    निर्वाचनमा भाग लिन नपाउनेः-यस संस्थाको सदस्य नभएको वा सदस्यता समाप्त भएको वा सदस्य भए पनि निर्वाचनमा उम्मेदवार हुन वा मत दिन नपाउने सदस्यको रूपमा रहेको व्यक्तिले निर्वाचनमा भाग लिन पाउने छैन।
१५    अविश्वासको प्रस्तावः-
कुनै पदाधिकारी अथवा सदस्यले संस्थाको उद्देश्य विपरीत आचरण गरेमा वा पदिय दायित्व बहन नगरेको खण्डमा साधारण सभाको दुई तिहाई बहुमतबाट निज माथि अविश्वासको प्रस्ताव पारित गरी बर्खास्त गरिने छ तर वर्खास्त गरिनु भन्दा अगाडि सफाई पेश गर्ने मौका दिनबाट वंञ्चित गरिने छैन।
१६    विधान संशोधनः-
यस विधानलाई संशोधन गर्न आवश्यक भएमा संस्थाको कुल सदस्यको २तिहाई बहुमतबाट संशोधन अथवा खारेजका लागि पारित प्रस्ताव स्थानिय अधिकारी समक्ष सिफारिस गरी पठाईनेछ। स्थानिय अधिकारीबाट स्वीकृत भए पश्चात मात्र संस्थाको कुनै दफा संशोधन वा खारेज भएको मानिने छ।
१७    विनियम बनाउन सक्नेः-
संस्थाले आफ्नो कार्य सम्पादन गर्ने सम्बन्धमा आवश्यक विनियम बनाउन सक्नेछ र सोको जानकारी स्थानिय अधिकारीलाई दिनु पर्नेछ।
१८    कर्मचारीहरूको व्यवस्थाः-
(क)    संस्थाको दैनिक कार्य सञ्चालन गर्न तथा योजना तथा कार्यक्रम सञ्चालनको लागि कर्मचारीको दरबन्दी सिर्जना,पारिश्रमिक,भत्ता तथा अन्य सुविधा र कर्मचारीहरूको सेवा शर्तहरू अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ।
(ख)    संस्थाले विदेशी सहयोग प्राप्त गरी संस्था संचालन गर्ने कार्यक्रममा विदेशी सल्लाहकार वा स्वय् सेवक राख्ने अवस्था भएमा निजले काम गर्ने अवधि,पुर्याउने सेवा,त्यसका औचित्य,सुविधा र तिनको योग्यता समेतको विवरण स्थानिय अधिकारी,जिल्ला समन्वय समिति र समाज कल्याण परिषदमा समेत जानकारी गरिने छ।
१९    तदर्थ समितिः- यो संस्था स्थापना गरी दर्ता गराउनको लागि तदर्थ समितिले ६ महिना भित्र विधान अनुसारको निर्वाचन कार्य गर्नका लागि समितिको गठन गर्नुपर्नेछ सो अवधिमा कार्य समितिले गरेका कामहरू यसै विधान अनुसार भएको मानिनेछ।
२०    संस्थाको खारेजीः-
    साधारण सभाले आवश्यक देखेमा विशेष प्रस्ताव पारित गरी संस्था खारेज गर्न सक्नेछ।
    उप-नियम(१) बमोजिम खारेजीको प्रस्ताव पारित गर्दा साधारण सभाले खारेजीको कामका लागि एक वा एक भन्दा बढी लिक्विडेटरहरू र संस्थाको हिसाब किताब जाँच गर्नका लागि एक वा एक भन्दा बढी लेखा परिक्षकहरू नियुक्ति गर्न सकिनेछ। लिक्विडेटरहरू र लेखा परिक्षहरूको पारिश्रमिक साधारण  सभाले तोकिए दिए बमोजिम हुनेछ। 
    उप-नियम(२) बमोजिम लिक्विडेटर तथा लेखा परिक्षले संस्था खारेजी सम्बन्धी काम कारवाही गर्ने छन।
    संस्था खारेजी भएमा संस्थाको सम्पूर्ण चल अचल सम्पत्ति नेपाल सरकारको स्वामित्वमा रहने छन्।
२१    व्याख्याः-यो विधान र विधान अन्तर्गत बनेको नियम विनियमको व्याख्या गर्ने अधिकार कार्य समितिलाई हुनेछ।काम गर्दा कुनै बाधा वा अडकाउ परेमा त्यस्तो बाधा वा अडकाउ फुकाउने अधिकार अध्यक्ष र कार्य समितिलाई हुनेछ।
२२    गोप्यता भंङ्ग गर्न नहुनेः-यस संस्थाका कुनै पनि पदाधिकारी वा सदस्यले संस्थाको अहित हुने कार्य गर्नु हुँदैन। असभ्य व्यवहार वा अश्लिल शब्द प्रयोग गर्ने छैन त्यस्तो कुनै आपती जनक र गोप्यनियता भंग हुने जस्ता कार्य गरे जरिवाना सहित अन्तिम पटक लाई सफाईको मौका दिइने छ । दोस्रो पटक पनि यस्तो व्यवहार दोहरिएमा साधारण सदस्यबाट समेत वर्खास्त गरिने र कानुन बमोजिम क्षति पुर्ति बेहोर्नुपर्ने छ।
२३    बचाउः-साधारण सभा नबसेको अवस्थामा तत्काल गर्नु पर्ने काम नगरेका संस्थालाई प्रतिकुल असर पर्ने व्यवस्था पछि साधारण सभाबाट अनुमोदन गर्ने गरी कार्य समितिबाट गरिएका निर्णय मान्य हुनेछ।
२४    ऐन अनुसार हुनेः-यस विधानमा उल्लेख नभएका कुराहरू प्रचलित कानुन बमोजिम हुनेछ र संस्था दर्ता ऐन नियम र प्रचलित कानुन सँग बाँझिन गएका कुराहरू स्वतः निष्कृय हुनेछन।
२५    राजिनामाः-
(क)    कार्य समितिमा रहि कार्य भार बहन गर्न असमर्थ भएमा अध्यक्षले कार्य समिति समक्ष लिखित रजिनामा दिनु पर्नेछ। उपाध्यक्ष लगायत अन्य पदाधिकारीहरूले अध्यक्ष समक्ष लिखित राजिनामा दिनुपर्ने छ।
(ख)    उक्त दफा एक बमोजिम राजिनामा पेश गरेपनि अन्यको हकमा अध्यक्ष र कार्य समिति र अध्यक्षको हकमा राजिनामा स्वीकृत गर्न बमोजिम साधारण सभाले तय गर्ने छ।
२६    शाखा कार्यालयः-
    स्थानिय अधिकारीको स्वीकृत लिई आवश्यकता अनुसार देशको विभिन्न स्थानमा यस संस्थाका शाखा उपशाखा तथा प्रशाखा कार्यालयहरुको स्थापना गर्न सकिनेछ।
२७    विघटनः-
कुनै कारण संस्था विघटन भए नेपाल सरकारको प्रचलित ऐेन मुताबिक सम्पत्तिको व्यवस्थापन हुने जाने छ।
२८    विविधः-
(क)    यो संस्था कुनै राजनैतिक भावनाले अभिप्रेरित हुने छैन।
(ख)    यो संस्था धार्मिक सहिसुन्नतामा अघात पुर्याउने छैन।
(ग)    संस्थाको कोषबाट पदाधिकारीले पारिश्रमिक पाउने छैन तर यदि संस्थाको कार्यमा खर्च भएको रकम कोषबाट भुक्तानि लिन सकिने छ।
(घ)    अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीको शपथ ग्रहण निर्वाचन समितिले गराउने छ।
(ङ)    सबै पदाधिकारीको राजिनामा अध्यक्षले र अध्यक्षको राजिनामा कार्य समितिले स्वीकृत गर्ने छ।


Popular posts from this blog

Proposal – Letter प्रस्तावना पत्र को कभर पृष्ठ - नमुना

Preface - Letter of candlesticks, incense and papad-making skills.

Request structure ( निवेदन को ढांचा )

Activities to achieve the organization's objectives (संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरू)

Preamble of Dowry Abolition Program - दहेज प्रथा उन्मुलन कार्यक्रमको प्रस्तावना -पत्र