Preamble of Dowry Abolition Program - दहेज प्रथा उन्मुलन कार्यक्रमको प्रस्तावना -पत्र

Image
  Namaste Kisan Nepal YouTube channel     Subscribe औरही नगरपालिका  नगर कार्य पालिकाको कार्यालय औरही ,महोत्तरी मधेश प्रदेश "दहेज प्रथा उन्मुलन कार्यक्रम"को  (Dowry Abolition Programme) प्रस्तावना -पत्र (Proposal - Letter) १    कार्यक्रमको पृष्ठभुमी (Back Ground of the Programme):- महोत्तरी जिल्ला नेपाल राज्यको मधेश प्रदेश मा पर्छ।यो जिल्लाको पूर्वमा धनुषा,उत्तरमा सिन्धुली,पश्चिचममा सर्लाही र दक्षिणमा भारतको विहार राज्यको मधुवनी र सितामढी जिल्ला पर्छ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर देखि उत्तर र पश्चिचमा औरही नगरपालिका पर्छ। यो नगरपालिकामा बसोबास गर्ने जातिहरूमा दलित समूहमा पर्ने जातिहरु,जनजाति समूहमा पर्ने जातिहरू र अन्यमा पर्ने जातिहरूको बसोबास रहेका छन्।यो नगरपालिकामा बसोबास गर्ने सम्पन्न र धनाढय व्यक्तिहरू गाउँ छाडेर सुविधा सम्पन्न शहरहरूमा बसोबास गर्छन।यो नगरपालिकामा बसोबास गर्ने मानिसहरू प्रायःअशिक्षित,बेरोजगार र सिप विहिन जीवन बिताउँछन्। यो नगरपालिकामा बसोबास गर्ने मानिसहरू मध्ये ७०% कृषि पेशामा संलग्न रहेको देखिन्छन्।उनीहरू समयमा कृषि प्राविधि...

Objectives of the Organization (संस्थाको उद्देश्यहरु)

Welcome to this Blog and YouTube
Namaste Kisan Nepal YouTube channel  
Link
मा गएर अन्य जानकारी लिन सक्नु हुनेछ ।
गैर सरकारी संस्थाको विधानका उद्देश्यहरू
परिच्छेद-२
उद्देश्यहरू 
१    संस्थाको उदृेश्यः- प्रचलित कानूनको अधिनमा रहि यस संस्थाका उदृेश्य तथा कार्यक्रम देहाय बमोजिम               हुने छन् ।
(क)    यो संस्था मुनाफा रहित जनहितकारी संस्था हुनेछ।
(ख)    महिलाहरूको समग्र विकासका लागि महिला जनचेतना,महिला सशक्तिकरण र अन्य आय मुलक र सिप
मुलक कार्यक्रमहरू संचालन गर्ने। साथै महिलाहरूको सहभागिता बढाई अशिक्षा,घरेलु,हिंसा र बेरोजगारी        नियन्त्रण गर्न विभिन्न कार्यक्रम तथा सेमिनार र गोष्ठीहरू संचालन गर्ने ।
(ग)    सबै तह र निकायका बिच मानव अधिकार ,महिला तथा बाल अधिकार रक्षार्थ कानूनी सचेतना र कर्तव्य    पालना आदिको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्न आवश्यक तालिम संचालन गर्ने । विकास प्रक्रियामा
सहभागितात्मक अभ्यास बढाउन तल्लो तह प्रतिको जवाफ देहिता स्थापित गर्ने ।
(घ)    बाढी,पहिरो,भू-कम्प जस्ता दैवी प्रकोप तथा विपतिमा परेका व्यक्ति र समुदायका लागि उपचार र राहत कार्यको निम्ति आवश्यक सेवा तथा सहयोग उपलब्ध गराउने ।
(ङ)    नेपालको सामाजिक,साँस्कृतिक,धार्मिक विविधता तथा मुल्य मान्यता,रितिरिवाज,परम्परा एंव स्थानिय ज्ञान,शिप,कला-कौशल र मौलिकताको विभिन्न पक्षहरूको वैज्ञानिक,ऐतिहासिक तथा मानवीय दृष्टिकोणको आधारमा सोध-खोज ,अध्ययन र अनुसंधानमा संलग्न हुने अवस्थाको निर्माण गर्ने ।
(च)   बाल मृत्युदर,मातृ मृत्युदर घटाउनका लागि सम्बन्धित निकाय सँग समन्वय कायम गरी बाल स्वास्थ्य,सुरक्षित मातृत्व,प्रजन्न स्वास्थ्य,यौन रोग,स्त्री रोग ,झाडा पखाला तथा सरूवा रोग जस्ता स्वास्थ्य सँग सम्बन्धि विभिन्न कार्यक्रम संचालन गर्नुका साथै एच.आई.भी.एडस,हेपाटाइटिस बी र अन्य संक्रामक रोगहरूको विरूद्धमा जनचेतना मुलक कार्यक्रम गर्ने र स्वास्थ्य सेवामा सघाउने उद्देश्यले विभिन्न कार्यक्रम संचालनको साथै सम्बन्धि निकायको स्वीकृतिमा एम्बुलेन्स सेवा पनि दिने ।
(छ)    लागु एंव मादक पदार्थको सेवन तथा दुर्व्यसन बाट जोगाउन लक्ष्ति वर्गको लागि चेतनामुलक कार्यक्रम संचालन गर्ने । बढ्दो जनसंख्याका कारण उत्पन्न भई रहेका विभिन्न समस्याहरूको निराकरण तथा जनसंख्या नियन्त्रणका साथै परिवार नियोजन सम्बन्धी जनचेतना र स्वास्थ्य शिविर कार्यक्रमहरू संचालन सम्बन्धित निकायको स्वीकृति लिई गर्ने ।
(ज)    घरेलु उधोग र सिप विकास सम्बन्धि कार्यक्रमहरू आधुनिक कृषि प्रविधि जस्ता विभिन्न विधिहरूको प्रयोग गर्न युवा र  कृषकहरूलाई प्रोत्साहन गर्ने ।
(झ)    संस्कृतिको संरक्षण गर्न मठ,मन्दिर,पाटि,पौवा,चौतारी सार्वजनिक भेला हुने स्थल आदिको निर्माण तथा मर्मतका कार्यक्रम संचालन गर्ने। आरोग्यको लागि आधुनिक र पौराणिक (योग प्रशिक्षण) द्धारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्तासँग सम्बन्ध राखी विशेष कार्यक्रम गर्ने।
(ञ)    वर्तमान समयमा बढ्दो जनसंख्या र बेरोजगारी कम गर्नको लागि लक्ष्ति युवाहरूलाई गाई पालन,बाख्रा पालन र कुखुरा पालनको माध्यमबाट आधुनिक र वैज्ञानिक स्व-रोजगार सृजना गर्ने गराउने ।
(ट)    नदी,नाला,पोखरी तलाउ र नहर आदि जस्ताको संरक्षण सहित भौतिक निर्माण एंव मर्मतको साथै तटबन्ध निर्माणका लागि कार्यक्रमहरू संचालन गर्ने । सहकारी संस्थाहरू संग सहकार्य गरी विभिन्न कार्य संचालन गर्ने ।


Popular posts from this blog

Proposal – Letter प्रस्तावना पत्र को कभर पृष्ठ - नमुना

Budget Pattern (बजेटको नमुना)

Preface - Letter of candlesticks, incense and papad-making skills.

Activities to achieve the organization's objectives (संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरू)