Posts

Preamble of Dowry Abolition Program - दहेज प्रथा उन्मुलन कार्यक्रमको प्रस्तावना -पत्र

Image
  Namaste Kisan Nepal YouTube channel     Subscribe औरही नगरपालिका  नगर कार्य पालिकाको कार्यालय औरही ,महोत्तरी मधेश प्रदेश "दहेज प्रथा उन्मुलन कार्यक्रम"को  (Dowry Abolition Programme) प्रस्तावना -पत्र (Proposal - Letter) १    कार्यक्रमको पृष्ठभुमी (Back Ground of the Programme):- महोत्तरी जिल्ला नेपाल राज्यको मधेश प्रदेश मा पर्छ।यो जिल्लाको पूर्वमा धनुषा,उत्तरमा सिन्धुली,पश्चिचममा सर्लाही र दक्षिणमा भारतको विहार राज्यको मधुवनी र सितामढी जिल्ला पर्छ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर देखि उत्तर र पश्चिचमा औरही नगरपालिका पर्छ। यो नगरपालिकामा बसोबास गर्ने जातिहरूमा दलित समूहमा पर्ने जातिहरु,जनजाति समूहमा पर्ने जातिहरू र अन्यमा पर्ने जातिहरूको बसोबास रहेका छन्।यो नगरपालिकामा बसोबास गर्ने सम्पन्न र धनाढय व्यक्तिहरू गाउँ छाडेर सुविधा सम्पन्न शहरहरूमा बसोबास गर्छन।यो नगरपालिकामा बसोबास गर्ने मानिसहरू प्रायःअशिक्षित,बेरोजगार र सिप विहिन जीवन बिताउँछन्। यो नगरपालिकामा बसोबास गर्ने मानिसहरू मध्ये ७०% कृषि पेशामा संलग्न रहेको देखिन्छन्।उनीहरू समयमा कृषि प्राविधिक बाट सल्लाह लिदैन।उनीहर

Classification of Members (सदस्यहरुको वर्गिकरण)

Image
  Namaste Kisan Nepal YouTube channel     Subscribe  परिच्छेद -३ १.     सदस्यको वर्गिकरणः- (क)     संस्थापक सदस्यः- संस्थाको स्थापनमा  संलग्न यसै विधानको दफा २७ मा उल्लेखित व्यक्तिहरू संस्थाको संस्थापक सदस्य सम्झिनेछ । संस्थापक सदस्यको संस्थामा सदैव उच्च स्थान रहनेछ र निजले कुनै पनि पदमा उम्मेदवारी तथा मतदान गर्न पाउनेछ ।सबै संस्थापक सदस्यहरूले आर्थिक वर्ष समाप्त भएको १ महिना भित्र प्रत्येक वर्ष सदस्यता नविकरण गराउनु पर्नेछ। समय भित्र सदस्यता नविकरण गराउनु पर्नेछ।समय भित्र सदस्यता नविकरण गराउन नसकेमा कुनै पनि पदमा उम्मेदवारी तथा मतदान गर्नबाट वञ्चित हुनेछ । (ख)     साधारण सदस्यः- यस विधानको दफा ७ बमोजिम योग्यता भएका र यस संस्थाको उद्देश्य प्रति समर्पित रही यस अन्तर्गत बनेको नियम अनुसारको शुल्क तिरी सदस्यता प्राप्त गरेका व्यक्तिलाई साधारण सदस्य मानिनेछ र यस्ता सदस्यले संस्थाको कुनै पनि पदमा उम्मेदवारी र मतदान गर्न पाउनेछ । (ग)     मनार्थ सदस्यः- संस्थाको उद्देश्य प्राप्तिका लागि विशिष्ट योगदान गर्ने कुनै स्वदेशी वा विदेशी व्यक्ति,संघ संस्थालाई कार्य समितको निर्णय अनुसार अध्यक्षले तोकेको

Activities to achieve the organization's objectives (संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरू)

Image
Welcome to this Blog and YouTube Namaste Kisan Nepal YouTube channel     Link मा गएर अन्य जानकारी लिन सक्नु हुनेछ । १      संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरूः -   यस  संस्थाले निम्नलिखित उद्देश्य प्राप्त गर्न देहायका कामहरू गर्नेछ। (क)      संस्थाले प्रचलित नेपाल कानुन बमोजिम सम्बन्धित निकायबाट अनुमति वा ईजाजत प्राप्त गरी निम्नलिखित उद्देश्य कार्यान्वयन गर्नेछ। (ख)     संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिनेछ । कम्प्युटर,टेलिफोन,फैक्स जस्ता कार्यालय सामान तथा सवारी साधन ,एम्बुलेन्स,खरिद गर्ने वा भाडामा लिई प्रयोग गर्नेछ । (ग)     संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्ति गर्ने तथा तिनको सेवा शर्तहरू निर्धारण गर्नेछ । (घ)     नेपाल सरकारको प्रचलित कानुनको अधिनमा रही आर्थिक कारोबार गर्नेछ। (ङ)    सार्वजनि सुनुवाई/बहस र प्रतिबद्धता परिक्षण अनुगमनको माध्यमबाट खानेपानी,स्वास्थ्य,सरसफाई र विधुत जस्ता सामुदायिक सेवा सुविधाको व्यवस्थापनमा आम नागरिको समावेश,जवाफदेहीता र उत्तरदायित्व बढाउन स्थानिय सरकारलाई सहयोग गर्ने । (च)     विधानको दफा ४ मा उल्लेखित उद्देश्य

Objectives of the Organization (संस्थाको उद्देश्यहरु)

Image
Welcome to this Blog and YouTube Namaste Kisan Nepal YouTube channel     Link मा गएर अन्य जानकारी लिन सक्नु हुनेछ । गैर सरकारी संस्थाको विधानका उद्देश्यहरू परिच्छेद-२ उद्देश्यहरू  १     संस्थाको उदृेश्यः- प्रचलित कानूनको अधिनमा रहि यस संस्थाका उदृेश्य तथा कार्यक्रम देहाय   बमोजिम                हुने छन् । (क)    यो संस्था मुनाफा रहित जनहितकारी संस्था हुनेछ। (ख)      महिलाहरूको समग्र विकासका लागि महिला जनचेतना,महिला सशक्तिकरण र अन्य आय मुलक र सिप मुलक कार्यक्रमहरू संचालन गर्ने। साथै महिलाहरूको सहभागिता बढाई अशिक्षा,घरेलु,हिंसा र बेरोजगारी        नियन्त्रण गर्न विभिन्न कार्यक्रम तथा सेमिनार र गोष्ठीहरू संचालन गर्ने । (ग)      सबै तह र निकायका बिच मानव अधिकार ,महिला तथा बाल अधिकार रक्षार्थ कानूनी सचेतना र कर्तव्य    पालना आदिको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्न आवश्यक तालिम संचालन गर्ने । विकास प्रक्रियामा सहभागितात्मक अभ्यास बढाउन तल्लो तह प्रतिको जवाफ देहिता स्थापित गर्ने । (घ)      बाढी,पहिरो,भू-कम्प जस्ता दैवी प्रकोप तथा विपतिमा परेका व्यक्ति र समुदायका लागि उपचार र राहत कार्यको निम्ति